प्रधानमन्त्री प्रचण्ड आज धनगढी जाँदै

Posted on: 08 Dec, 2023

मङ्सिर २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन् |

धनगढी कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज देखि हुने भएको छ ।

अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी जाने छन् भने उनी शुक्रबार साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!