एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन: माओवादी प्रवक्ता सापकोटा

Posted on: 06 Dec, 2023

मङ्सिर २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताएका हुन्। उनले भने, 'एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ।' उनले प्रधानमन्त्री पु्ष्पकमल दाहालले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए। 


प्रवक्ता सापकोटाले भने, 'जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ।'


यस बिषयमा तपाइको प्रतिक्रिया...!