दुर्गा प्रसाईंको आन्दोलन भोलिबाट तीनकुनेमा हुने

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा आजबाट सुरु भएको राजा फर्काउने अभियान भोलिपनि जारी रहने भएको छ ।

जसरी भएपनि यो व्यवस्थालाई नासेर राजा फर्काउने उद्घोष गरेर आजबाट मैदान उत्रिएका प्रसाईंले भोलिबाट भने तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । आज उनी नेतृत्वको आन्दोलन बल्खु चोकमा भएको थियो ।


प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । करिब १० मिनेट बल्खुमा आफू समर्थकलाई सम्बोधन गरेका प्रसाईँले आजै साँझ आफ्नै घरमा पत्रकार सम्मेलन गर्ने समर्थकहरूले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!