बल्खुमा प्रदर्शनकारीको नारा– ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा ठूलो संख्यामा उपस्थिति रहेको छ । सम्भावित सुरक्षा संवेदनशीलताको ख्याल गर्दै ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ ।


प्रदर्शनकारीहरुले ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, दलालहरु होसियार, राजा आउँ, देश बचाउ’ लगायतका नारा लगाएका छन् ।

प्रशासनले प्रसाईँले आयोजना गरेको प्रदर्शन बल्खुमा गर्न अनुमति दिएको थियो । उक्त स्थलमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरु पुगेपछि केहीबेर झडपको वातावरण समेत बनेको थियो । अहिले प्रदर्शनकारीहरु बल्खु चोकतर्फ अगाडि बढिरहेको छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!