मङ्सिर ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजेको लागि मन्त्रीहरुलाई बोलाएका हुन् ।
प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्थालाई कसरी सुदृढ बनाउने भन्ने योजनासहित बालुवाटार आउन मन्त्रीहरुलाई निर्देशन दिएको बुझिएको छ । यस्तै, उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताईएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!