आजदेखि रास्वपाले घरदैलो कार्यक्रम गर्ने

Posted on: 18 Nov, 2023

मङ्सिर २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ ।

गत वर्षको आम चुनावमा मत दिएर विजयी बनाएको एक वर्ष हुँदै गर्दा सांसदहरू आजदेखि आआफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जान लागेका हुन् । अघिल्लो वर्ष मतदान भएको सोमबार एक वर्ष पूरा हुँदैछ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि आजदेखि सोमबारसम्म जनताको घरदैलो जाने बताएका हुन् । उनका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत कार्यक्रममा सहभागी हुनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!