राष्ट्रपतिको भाईटीका: बहिनीहरू शारदा र चन्दाको हातबाट

Posted on: 14 Nov, 2023

कात्तिक २८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले, बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् ।

राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । 


नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!