टिकटक बन्द गर्ने निर्णय ठिक हैन, सरकारले यो निर्णय तुरुन्त फिर्ता गरोस्: शिशिर खनाल

Posted on: 13 Nov, 2023

कार्तिक २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत रहेको बताएका छन्। सरकारले सोमबारबाट टिकटक प्रतिबन्द गर्ने घोषणा गरेको थियो।

सो निर्णयपछि खनालले सामाजिक संजालमार्फत् उक्त विषयमा आपत्ति जनाएका हुन्।

‘सामाजिक सञ्जाल (लगायत अन्य माध्यम) को गलत प्रयोगलाई नियमन गर्नु पर्छ। तर एउटा मात्र प्लाटफर्म ले गर्दा सामाजिक सद्भाव बिग्रियो, राष्ट्रियता कमजोर भयो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो। टिकटक त धेरैमध्ये एउटा माध्यम हो। सरकार अधिनायकवादी बाटोमा हिँड्न खोज्यो। यस्ता निर्णयहरुले अभिव्यक्ति स्वतन्त्रतालाई कुठिण्त गर्छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले यो निर्णय तुरुन्त फिर्ता गरोस।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!