कति समय सरकार रहन्छ भन्ने विषय मुख्य होइनः प्रधानमन्त्री प्रचण्ड

Posted on: 11 Nov, 2023

कार्तिक २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कहिलेसम्म रहन्छ भन्ने विषय मुख्य नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारमा कतिन्जेल रहेको भन्दा पनि जनताको पक्षमा कति काम गरेको भन्ने विषय मुख्य रहने बताएका छन्।

उनले भने ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन ।मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो। त्यसमा हामीले कति राम्रो कुरा सुरू गर्छौं भन्ने मुख्य हो,’।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रले ०८४ को निर्वाचनमा पनि ०६४ को निर्वाचन जस्तै जनताको समर्थन र विश्वास जुटाउन सक्नुपर्ने बताए।

सरकारमा रहेर सरकारले सुरू गरेको नयाँ आन्दोलनले पनि पार्टीप्रति जनताको भरोसा बढेको उनको भनाइ छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!