एमालेका ६ नेता, जसले केन्द्रीय सदस्य पद गुमाए

Posted on: 08 Nov, 2023

कार्तिक २२, काठमाडौँ | प्रतिपक्षी नेकपा (एमाले)मा ६ केन्द्रीय सदस्य पद रिक्त भएको छ ।

बुधबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश निर्वाचनमा उमेदवार बनेका र निर्वाचित भएका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको जानकारी दिए । एमालेमा एउटा कमिटीमा रहेकाले अर्को कमिटीमा निर्वाचन लडे पद जाने व्यवस्था रहेको छ ।


प्रदेश अधिवेशनमा पराजित चार र निर्वाचित दुईजना केन्द्रीय सदस्यहरुले पद गुमाएका हुन् ।

प्रदेश अधिवेशनमा वाग्मतीका उमेदवार हरि रिजाल, गण्डकीका उमेदवार मायानाथ अधिकारी, वाग्मतीका उमेदवार कृष्णप्रसाद दाहाल र कोसीका उमेदवार विनोद ढकालले पद गुमाएका छन् । उनीहरु प्रदेश निर्वाचनमा पराजित भएका थिए ।

पोलिट्ब्युरो सदस्य गुलाबजंग शाह कर्र्णाली प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । वाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । शाह र ढुङ्गेल केन्द्रीय सदस्य रहँदैनन्, उनीहरु अब पदेन पोलिट्ब्युरो सदस्य हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!