माधव नेपालसहित १५ जनाको टोली चीनतर्फ प्रस्थान

Posted on: 07 Nov, 2023

कार्तिक २१, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीनतर्फ प्रस्थान गरेको छ । उनीसहित १५ जनाको टोली मंगलबार दिउँसो त्यसतर्फ गएको हो ।

चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली त्यसतर्फ जान लागेको जानकारी दिए ।


चीन भ्रमणका क्रममा त्यहाँका नेताहरूसँग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङनजिकैको सहर पुग्ने कार्यक्रम रहेको उनले बताए ।

नेपालका कम्युनिस्ट नेताहरूलाई चीन 'पानी पँधेरो', पाँच महिनामा ५८ जना भ्रमणमा 

उनले भूकम्पपीडित नागरिकका निम्ति सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए । जनताको चाहनाका आधारमा भूकम्पपीडितका निम्ति सबै दलहरू एक भएर काम गर्नुपर्ने उनले बताए ।

चीन भ्रमण सम्पन्न गरेर अध्यक्ष नेपालको टोली यही कात्तिक २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!