फेरि सारियो कांग्रेस महासमिति बैठकको मिति

Posted on: 07 Nov, 2023

कार्तिक २१, काठमाडौँ | सत्तारुढ कांग्रेसको महासमिति बैठकको मिति फेरि सारिएको छ। यसअघि १३ देखि १६ मंसिरसम्म मिति तय गरिएको महासमिति बैठक १६ पुसका लागि सारिएको हो।

कांग्रेसले त्यसअघि २९ मंसिरदेखि २ पुससम्म महासमिति बैठक बस्ने मिति जुराएको थियो। आज मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक १६ पुसका लागि सारिएको जानकारी दिए।

राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठकको नयाँ मिति तय गरिएको उनले बताए। जाजरकोट भूकम्पका कारण नागरिकको हताहती भएकाले राहत तथा उद्धारमा समय दिन महासमिति बैठक सारिएको उनको भनाइ छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!