कांग्रेसले गर्‍यो तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित

Posted on: 04 Nov, 2023

कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेका छन् | उक्त विज्ञप्तिमा रहेको निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्न/गराउनका लागि पार्टीका सबै तहमा निर्देशन गरेको पौडेलले जानकारी दिए । पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको भए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने पार्टी कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!