तत्काल उद्धारमा जुट्न सभामुख घिमिरेको अनुरोध

Posted on: 04 Nov, 2023

कार्तिक १८, काठमाडौँ | सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् ।

उनले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् । 

सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।’

गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४  म्याग्निच्युडको भूकम्प गएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!