संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयोर्क जादै

Posted on: 01 Nov, 2023

कार्तिक १५, काठमाडौँ | नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क जादै छन् । 

गत आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनले हिजो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । 

यसअघि गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग भेटवार्ता गरेका थिए।

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले पोखरा, अन्नपूर्ण आधार शिविर तथा लुम्बिनीको भ्रमण गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!