महासचिव गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ। मंगलबार सिंहदरबारस्थित तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो।


आइतबार नेपाल आएका गुटेरेसले त्यसै दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन्। 

त्यसै दिन उनले उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई पनि भेटेका थिए। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा गुटेरेसले सम्बोधन गर्दैछन्। बैठक सुरु हुनुअघि तिमिल्सिनासँग भेट भएको हो।

गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर तथा लुम्बिनी पुगेर काठमाडौं फर्किएका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!