२ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरका वडा सदस्य दोषी ठहर

Posted on: 29 Sep, 2023

असोज १२,  काठमाडौँ | काठमाडौं महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो।

काठमाडौं महानगरपालिका-१४ का वडासदस्य महर्जन २ वर्षअघि २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महर्जनलाई जग्गाको मोहियानी हक नामसारी, नाता प्रमाणीकरण र मालपोत कार्यालयका लागि सिफारिस गर्न सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको भन्दै नियन्त्रणमा लिएको थियो।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!