ओली भेट्न पतिसहित बालकोट पुगिन् मानुसी

Posted on: 08 Sep, 2023

भदौ २२, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।

आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी बालकोट पुगेकी हुन् ।


फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय के. पी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’

मानुसी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं ७ मा उम्मेदवार बनेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!