काठमाडौँ महानगरले दियो वडाध्यक्ष रिजालको निधनमा आज शोक बिदा

Posted on: 08 Sep, 2023

भदौ २२, काठमाडौँ | काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिइएको छ । 

महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ । 

वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो । रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!