एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष लगायतका नेताहरु एमालेमा प्रवेश

Posted on: 23 Aug, 2023

भदौ ६, सुर्खेत | नेकपा (एकीकृत समाजवादी) का सुर्खेत अध्यक्ष मोहन बडुवाललगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् । 

एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् । २०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए  । 

पार्टी विभाजन हुनु भन्दा अगाडि उनी एमालेको जिल्ला सचिव रहेका थिए । पार्टी विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए। बडुवालसँगै समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनबाट गरि ६२ जना एमालेमा प्रवेश गरेका छन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!