यूकेको नागरिक हुँ भन्दै सामाजिक सञ्जालमार्फत ठगी, इटहरीकी ५५ वर्षीया महिला पक्राउ

Posted on: 11 Aug, 2023

साउन २६, काठमाडौँ | सामाजिक सञ्जालबाट ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठ रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले सामाजिक सञ्जालमार्फत विभिन्न बहानामा ९२ हजार रुपैयाँ ठगी गरेकी थिइन् ।

सामाजिक सञ्जाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्ट पठाएको भनी प्रलोभनमा पारी ग्राहक शुल्क बापतको रकम पठाउनुपर्ने भन्दै उनले ठगी गर्ने गरेकी प्रवक्ता रेग्मीले बताए ।

पक्राउ गरिएकी श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!