सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्य साधारण सदस्य समेत नरहनेगरी एकीकृत समाजवादीबाट निष्कासित

Posted on: 04 Aug, 2023

साउन १९, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुबास कर्माचार्यलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । 

शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले कर्माचार्य पार्टी नीति, कार्यक्रम तथा संगठनविपरित क्रियाकलापमा संलग्न रहेकाले निष्कासन गरेको जनाएको हो । 

‘सङ्गठनात्मक पद्धति तथा निष्ठाकाबिरुद्धका क्रियाकलाप नगर्न अनेकौं पटक सम्झाउँदा पनि पार्टी हितका विरुद्धका गतिविधि गर्न नरोकेकाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो’, पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!