दीपकराज गिरीले भने– ‘राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्यो’

Posted on: 02 Aug, 2023

साउन १७, काठमाडौँ | कलाकार दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् । पछिल्लो समयको राजनीतिक परिस्थितिको बिषयमा सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको उनको धारणा छ । 

‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा– भेडा भनेको सुन्दा राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ’ दीपकले पोष्ट गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!