चेस विश्वकपमा ग्रान्ड मास्टरसँग नेपालका रुपेशको बराबरी

Posted on: 01 Aug, 2023

साउन १६, काठमाडौँ | अजरबैजानमा जारी चेस विश्वकपमा नेपालका फिडेमास्टर रुपेश जैसवालले ग्रान्डमास्टर(जीएम) सँग बराबरी खेलेका छन्।

उनले रेटिङमा आफूभन्दा ५ सय ३९ स्थानमाथि रहेका जीएम गेदिर गुसेनोभसँग भएको आफ्नो दोस्रो खेल बराबरी गरेका हुन्।


प्रतियोगितामा सहभागी भइरहेका २ सय ६ जना खेलाडीमध्ये उनी रेटिङमा २ सय ३ औँ स्थानमा रहेका छन्।

रुपेश चेस विश्वकप खेल्ने नेपालका एक मात्र खेलाडी हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!