सुन बरामद प्रकरण बारे रविले भने : भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्छ !

Posted on: 29 Jul, 2023

साउन १३, भरतपुर | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले १ क्विन्टल सुन बरामद प्रकरणमा भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने बताएका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गरे।

‘भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्छ। सबैजना सचेत रहनु होला,’ रविले भने, ‘भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ। केही राम्रा सङ्केत पनि देखिएका छन्। तर ती पर्याप्त छैनन्।’

उनले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको पनि बताएका छन्। सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!