बागलुङ ढोरपाटनका फरार मेयरविरुद्ध ५ सय ८९ उजुरी

Posted on: 11 Jun, 2023

जेठ २८, पोखरा | बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध ५ सय ८९ उजुरी परेको छ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत रहेका नेपालीविरुद्ध आइतबार दिउँसोसम्म बचतकर्ताको ५ सय ८९ उजुरी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मङ्गलवारदेखि उजुरी दर्ता सुरु भएकोमा आइतबार दिउँसोसम्म ५ सय ८९ बचतकर्ताले नेपालीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

बागलुङ, गलकोट र बुर्तिबाङमा सहकारी सञ्चालन गरी झन्डै २ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेर भागेको भन्दैसहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध बचतकर्ताले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!