नक्कली शरणार्थी प्रकरण : आज दुई जना अभियुक्तको मात्रै बयान हुने

Posted on: 26 May, 2023

जेठ १२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रवार)बाट काठमाडौं जिल्ला अदालतमा अभियुक्तको बयान शुरू हुँदैछ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान शुरू हुन लागेको हो । 

जिल्ला अदालत स्रोतका अनुसार आज दुई जनाको मात्रै बयान हुने छ । पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट शुरू गर्न लागिएको हो । उनको बयान केही बेरमा शुरू हुँदै छ । त्यसपछि आजै सानु भण्डारीको बयान लिइने छ ।

अदालत स्रोतका अनुसार आज दुई जनाको मात्रै बयान हुने भएपछि अन्य अभियुक्तलाई हिरासत फिर्ता लगिएको छ । यसअघि सबै अभियुक्तलाई अदालतमा उपस्थित गराइएको थियो । प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

प्रकरणमा जोडिएका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित १६ जनालाई पक्राउ गरेको छ । १४ जना भने फरार छन् । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!