फराकिलो अग्रतासंगै रवि लामिछानेको जित सुनिश्चित, पहिलेको रेकर्ड भेट्न ३४२२ मत बाँकी

Posted on: 25 Apr, 2023

वैशाख १२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले चितवन–२ को उपनिर्वाचनका लोकप्रिय मत पाएर जित सुनिस्चित गरेका छन् । 

जारी मतगणनामा अझै मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धीलाई निकै पछाडी छाडेका छन् । मत परिणाम अनुसार लामिछानेले ४५८४२ मत पाईसकेका छन् । यो क्षेत्रबाटै गत मङ्सिरमा भएको निर्वाचनमा लामिछानेले ४९२६४ मत प्राप्त गरेका थिए । अझै २० हजार भन्दा बढी मत गन्न बाँकी छँदा लामिछानेले ३४२२ मत मात्र पाएमा पहिले पाएको मतको रेकर्ड भेट्न सक्छन् । 


हाल सम्मको मत परिणाम अनुसार लामिछाने एक्लैलाई ७० प्रतिशत भन्दा बढी मत आईरहेको छ । अघिल्लो निर्वाचनमा उनले ५९ प्रतिशत मत पाएर बिजयी भएका थिए । आज मध्याह्नसम्म अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । 

जारी मत परिणाम अनुसार दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार ८४२५ मत पाएका छन् भने ८३२९ मत पाएर एमालेका राम प्रसाद न्यौपाने तेश्रो स्थानमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!