आज मन्त्री परिषद विस्तार हुँदै, कुन पार्टीले कति मन्त्रालय पाए ?

Posted on: 30 Mar, 2023

चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । चितवनबाट दिउसो १ बजे फर्किएपछि प्रधानमन्त्री प्रचण्ड सहित सरकारमा सहभागी हुने दलहरुबीच बैठक बस्दैछ । 


कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने विषय टुंगो लगाईसकेको नेताहरुको दावी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न यस सम्बन्धमा वैठक समेत बसेको थियो । बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको बताइएको छ  । 

कसले कुन मन्त्रालय लिने भन्ने कुरा टुंगो लगाई आजै आज मन्त्री परिषद विस्तार गरेर आज बेलुकानै शपथ ग्रहण गराइने तयारी छ । सरकारमा सहभागी हुन केन्द्रित बुधबारको गठबन्धन बैठकले कांग्रेसलाई ८ मन्त्रालय, माओवादीलाई ५ मन्त्रालय, एकीकृत समाजवादीलाई २ मन्त्रालय र जसपालाई पनि २ मन्त्रालय दिने सहमति गरेको छ ।  त्यस्तै लोसपालाई १ मन्त्रालय, नागरिक उन्मुक्तिलाई १ मन्त्रालय र जनमतलाई १ मन्त्रालय दिने सहमति भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!