कांग्रेसको विजय जुलुसमाथि 'एमाले'को आक्रमण, ६ जना घाइते

Posted on: 20 May, 2022

जेठ ६, वीरगञ्ज | वीरगञ्ज-२७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएपछि निकालिएको जुलुसमा आक्रमण गरेको आरोपमा वडाध्यक्षका निकटतम प्रतिस्पर्धीसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीपकुमार यादव, ३३ वर्षीय नुरमहमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहा छन्। 

वीरगञ्ज-२७ को वडाध्यक्षमा १ हजार ५१६ मतसहित कांग्रेसका हृदयनारायणप्रसाद कुर्मी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका यादवले एक हजार ११६ मत पाए। ०७४ को निर्वाचनमा यादव वडाध्यक्ष बनेका थिए। आफूलाई भोट नहाल्नेहरू कांग्रेसको र्‍यालीमा गएको भन्दै उनले आफैँ उपस्थित भएर आक्रमण गर्न निर्देशन दिएको कांग्रेसको आरोप छ।

वडाध्यक्षमा पराजित उमेदवार यादवको प्रत्यक्ष संलग्न रहेको आरोप लगाइएपछि सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

आक्रमणमा परी ६ जना घाइते भएका छन्। घाइते हुनेमा नेमा रेशा, मुन्नी खातुन, मलिक नुनिया, मोहमद नुराइन, मोहमद मियाँ र जाहिर हवारी छन्। उनीहरू अधिकांशको टाउकोमा चोट लागेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मियाँ र आयसा खातुनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। बाँकी चार जना डिस्चार्ज भएका छन्।

कांग्रेसले जितेपछि एमालेले देखायो कहिँ नभएको जात्रा, विजयजुलुसमा ६ जना घाइते

यस बिषयमा तपाइको प्रतिक्रिया...!