वीरगञ्जमा कम्बल वाले बाबालाई लिएर तनाव

Posted on: 17 Mar, 2024

चैत ४, वीरगंज | वीरगंजमा केही दिनदेखि सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बल वाले बाबालाई लिएर तनाव उत्पन भएको छ ।

वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका काली कम्बल वाले बाबा लिएर  चिनिमिल क्षेत्रमा प्रहरि र सर्वसाधारण जनताबीच तनाव भएको हो।

अपाहिज, लकवा, पोलियो, शारीरिक असक्तता भएकाहरुलाई निःशुल्कमा उपचार गर्दै आएका कम्बल बाबालाई पर्सा प्रहरीले पक्राउ गरेको सूचना बहिरिएसँगै स्थिती तनावग्रस्त बनेको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!