कैलालीको गोदावरीमा पाँचतारे होटल बन्दै, शशांकले गरे‍ शिलान्यास

Posted on: 13 Aug, 2022

साउन २८, काठमाडौँ | कैलालीको गोदावरी-७ मा पाँचतारे होटलको शिलान्यास गरिएको छ । नगरपालिका- ७ हरैयामा आईडिया होटल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।

उक्त होटलको शनिबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सांसद एवं नेपाली कांग्रेसका नेता शशांक कोइरालाले शिलान्यास गरेका हुन् । होटलको शिलान्यास गर्दै कोइरालाले होटल व्यवसायले सद्भावको भावना जागृत गर्ने बताए । उनले होटल व्यवसायले यस क्षेत्रको आर्थिक विकासमा मद्दत गर्ने बताए ।


‘होटल भनेको एउटा यस्तो व्यवसाय हो । जसले सदभावको भावना जागृत गराउँछ । होटलमा देश बाहिरबाट आएका मानिसलाई पनि सद्भाव सत्कार सम्मानका साथ बसाउन सकियो भने उनीहरु पटक–पटक यहाँ आउने गर्दछन्’ उनले भने, ‘यहाँ क्यासिनो स्थापना गर्न सकियो भने त्यसले पनि यस क्षेत्रको आर्थिक वृद्धि गर्न मदत गर्दछ ।’

उनले होटलबाट भएको आम्दानी सामाजिक क्षेत्रमा पनि लगाउन आग्रह गरे । उनले भने  ‘मेरो भनाई भने के हो भने होटलको मालिकले आफ्नो आम्दानीको केही मात्रामा सामाजिक काममा लगाउनु पर्छ ।’

आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले होटलमा १५० गेस्ट रुम रहने बताए । उनले होटलको २ हजार जना अटाउने सेमिनार हल, १ हजार ५ सय जनाले एकैपटक खेल्न सक्ने क्यासिनो लगायतका सेवा संचालन हुने बताए ।

आइडिया ग्रुपको नाममा २३ बिगाह सो क्षेत्रमा जग्गा रहेको र जसमध्ये २ बिगाह जग्गामा होटल र अन्य क्षेत्रमा आइडिया सिटी निर्माण गरिने बताइएको छ । जसमा अपारमेन्ट निर्माण गरिने बताए । आइडिया नेपालका अध्यक्ष श्रेष्ठले होटल क्यासिनोले सयौं मान्छेलाई रोजगारी दिने बताए । उनले होटल संचालनका लागि २ अर्व लगानी लाग्ने अनुमान गरिएको बताए । होटल १५ तलाको हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!