अवैध बालगृह सञ्चालक पक्राउ, ३३ बालबालिकाको उद्दार

Posted on: 27 May, 2018

जेठ १३, रुकुम | अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ । 

रुकुमको मुसीकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो । 

बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् । 

शनिबार जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गरि घर फर्काएका हुन् ।

- आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!