संरक्षकबाटै बलात्कृत

Posted on: 31 Aug, 2023

भदौ १४, इलाम | भदौ पाँच गते आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा हजुरबुबालाई प्रहरीले पक्राउ ग-यो । ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि हजुरबुबालाई पक्राउ गरिएको थियो ।

गत वर्ष एक वालिकाको आफ्नै सौत्याने बुबाले बलात्कार गरी गर्भवती बनाए । ११ वर्षकी उक्त बालिका गर्भवती भएको तीन महिनामा बुबाबाट गर्भवती भएको पुष्टि भयो । बुबा अहिले सम्म फरार छन् । बालीकाका आफ्नै बुबा कहाँ छन् भन्ने अहिले सम्म थाहा हुन सकेको छैन । बालिकाकी आमाले दोस्रो विवाह गरिन ।

विवाह गरेको केही समयपछि सुत्केरी भइन । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सर सहयोगका लागि लगिएकी उक्त बालिकालाई सौत्याने बुबाले गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बेसेकी छिन । गत चैत्र २० गते १५ वर्षकी बालिकालाई घरमा कोही नभएको मौका पारी करणी गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ ग-यो । पीडित बालिकाको आमाको भाइको छोराले घरमा कोही नभएको बेला करणी गरेको भन्दै जाहेरी परेको थियो । पीडित कानुनी कारबाहीमा छ ।

गत पुस १७ गते १३ वर्षकी बालिकालाई फकाई फुल्याई पाँच सय रुपैयाँ दिएर करणी गरेको र २५ हप्ताको गर्भ भएपछि प्रहरीले पक्राउ ग-यो । विभिन्न प्रलोभनमा पारि आफ्नै घरमा बोलाएर करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गत वर्ष १५ वर्षीय एक बालिका बलात्कृत भइन । उनी कोबाट बलात्कृत भइन भन्ने खुल्न सकेन । अपरिचित व्यातिबाट बलात्कृत उक्त बालिका बुबा र आम बिचको सम्बन्ध समेत राम्रो नभएको अनुसन्धानले देखाएको छ । १४ वर्षकी एक बालिका चार वर्ष देखि जबरजस्ती करणीको सिकार बनिन ।

गत वर्ष भदौ २३ गते दुई जना बालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ ग-यो । दुवैले १४ वर्षीय र १३ वर्षीय वालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । एक वर्ष अघि भतिजी साइनो पर्ने बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ वर्षका वृद्धलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको थियो । करणी गरेको आरोपका केही अभियुक्त अझै पनि फरारमा छन् भने धेरै कानुनको सजाय भोगिरहेका छन् ।

यी त जिल्लाका प्रतिनिधि मुलक घटना मात्रै हुन । गत आव र चालु आवमा इलाममा ३० वटा जवरजस्ती करणीको मुद्धा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!