हङकङविरुद्ध नेपाललाई सातौं सफलता

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौं | एसीसी मेन्स प्रिमियर कपअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले सातौं सफलता हासिल गरेको छ।

नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको हङकङले सातौं विकेट गुमाएको हो। नसरुल्ला राना ६ रनमा अभिनाष बोहोराको बलमा ललित राजवंशीबाट क्याच आउट भए।

अविनाशले लिएको यो दोस्रो विकेट हो । १४.५ ओभरमा नसुरुल्ला आउट हुँदा हङ्कङले ८९ रन बनाएको छ ।

नेपालका लागि ललित राजवंशी २ र अभिनाषले ३ तथा करण केसीले एक विकेट लिएका छन्। हङकङविरुद्ध जित निकाल्न सकेन नेपाल एक खेल अगावै प्रिमियर कपको सेमिफाइनलमा पुग्नेछ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!