हङहङबिरुद्ध नेपाललाई चौथो सफलता, ललितले लिए विकेट

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौं | ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको चौथो विकेट लिएको छ । हङ्कङको चौथो विकेट ललित राजवंशीले लिएका हुन् ।

ललितले हङ्कङका अनुभवी ब्याट्सम्यान बाबर हायातलाई आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका हुन् । पेभेलियन फर्किनुअघि चौको नम्बरका ब्याट्सम्यान बाबर हायातले ६ रन बनाएका थिए । ९.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६८ रन बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!