किर्ते शैक्षिक योग्यता देखाएर जागिर खाएका चितवनका प्रधानाध्यापकविरुद्ध मुद्दा

Posted on: 02 Feb, 2023

माघ १९, काठमाडौँ | चितवन कालिका नगरपालिका वडा नम्बर ५ को भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले किर्ते शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको छ।

कँडेलले निमावि तृतीय तहमा भीमोदय माध्यमिक विद्यालय चितवनमा स्थायी नियुक्त हुँदा वीरेन्द्र क्याम्पस चितवनबाट आईएससी उत्तीर्ण गरेको उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहुजी महाराज विश्वविद्यालय कानपुर, भारतबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अख्तियारको ठहर छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई हिजो ९बुधबार० विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!