काठमाडौँबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना

Posted on: 22 Jun, 2024

असार ८, काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

प्रहरीका अनुसार शनिबार बिहान पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख  ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो । 

दुर्घटनामा घाइतेमध्ये कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेल र टेकनाथ कडेलको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!