सफाइ पाएपछि सन्दीपले भने- राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बन्याे

Posted on: 15 May, 2024

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनले सफाइ दिएसँगै अब अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् ।

आज दिनभर अदालतमै रहेका सन्दीपले आफ्नो पक्षमा फैसला आएसँगै भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ । समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ ।’

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर सन्दीपलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको उच्च अदालत पाटनले जनाएको छ । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!