सीआईबीबाट रिहा भएलगत्तै लीलाबहादुर गुरुङ फेरि पक्राउ

Posted on: 17 Apr, 2024

बैशाख ५, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेपनि सहकारीको रकम हिनामिना प्रकरणमा लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो । 

उनीविरुद्ध उपकार सहकारी ठगी प्रकरणमा उजुरी रहेकाले ललितपुर प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यसअघि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा सीआईबीबाट पक्राउ परेका उनीहरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको थियो । 


सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको भएपनि ललितपुर प्रहरीको पत्राचारका आधारमा उनलाई फेरि त्यहाँ बुझाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।  नयाँ कृषि सहकारीमा आबद्ध गुरुङ उपकार सहकारीको पनि उपाध्यक्ष रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!