अमेरिकी राष्ट्रपतिले इजरायली प्रधानमन्त्रीलाई भने- इरानमा आक्रमण गर्न सहयोग गर्दैनौं

Posted on: 14 Apr, 2024

वैशाख २, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर इरानमा हुने आक्रमणमा सहयोग नहुने बताएका छन् ।

अमेरिकी मिडिया एक्जियसका अनुसार बाइडेनले शनिबार भएको फोन सम्पर्कमा यस्तो बताएका हुन् ।

इरानले इजरायललाई गरेको ड्रोन तथा मिसाइल हमला रोक्न सहयोग गरेको अमेरिकाले इजरायलको इरानी भूमिमा हुने आक्रमणमा भने सहयोग नगर्ने बताएको हो ।

एक्जियसले यो खबराई स्कुप भनेर सार्वजनिक गरेको छ । ह्वाइट हाउसका अधिकारीहरुले एक्जियसका पत्रकार बाराक रेभिडलाई यस्तो जानकारी दिएका थिए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!