कतार रोजगारको प्रलोभनमा ठगिए युवा

Posted on: 18 May, 2023

जेठ ४, काठमाडौँ । कतार पठाइदिने प्रलोभनमा काठमाडौँ स्थित जोङ्गडंग म्यानपावरका म्यानेजिङ डाइरेक्टर बताउने चक्र निरौलामार्फत एक युवाले ठगिएको गुनाशो गरेका छन् । 

पीडितका अनुसार कतार रोजगारको लागि एक सातामा काम गरिदिने भनेर दुई लाख सात हजार अग्रिम अशुली गरेर ठगिमा संलग्नहरुले पछि एक महिनासम्म पनि पठाउन सकेनन् । पैसा अशुली गरेको एक महिनापछि वैदेशिक रोजगारमा जान आउ भनि काठमाडौँ बोलाएर २८ दिनसम्म काठमाडौँमै आज र भोलि भन्दै बहाना बनाई राखिएको पीडितको गुनाशो छ । २८ दिन काठमाडौँमा बस्दा ३५ हजार सकिएको पीडित बताउँछन् । त्यसपछि पनि अन्तिममा मेडिकलमा समस्या भएको बहाना बनाएर अग्रिम अशुली गरि ठगि भएको पैसा समेत फिर्ता नगरेको पीडितको गुनाशो छ । 


ठगि गर्नेहरुले ६ महिनादेखि आफ्नो पैसा फिर्ता नगरेको कारण आफू पीडित बनेको पीडितको गुनाशो छ । पछिल्लो समय पिडितको फोन समेत नउठाएको साथै ठगिमा संलग्न अर्का  प्रदिप पौडेल कतार भागिसकेको पीडितले बताए । पीडितले नियोजित रुपमा सम्बन्धित म्यानपावरका म्यानेजिङ डाइरेक्टर बताउने निरौला मार्फत आफू ठगिएको बताएका छन् । 

* यसै सम्बन्धमा प्राप्त जानकारी अनुसार सम्बन्धित म्यानपावरका संचालक मदन कुमार तामाङले तीन महिना अघि म्यानपावर बेचिसकेको जानकारी प्राप्त भएको छ । अहिले उक्त म्यानपावर किन्ने संचालकले पहिलेको संचालक तथा उनको नेतृत्वमा रहेका कर्मचारीहरुले गरेको गलत क्रियाकलापको आरोप नलगाउन आग्रह गरेका छन् । साथै पीडित पक्षबाट अशुली भएको रकम फिर्ता गराउन आफ्नो पहल रहने उनले बताएका छन् । 

* सच्याइएको ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!