चिकित्सक सङ्घको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र

Posted on: 12 Feb, 2023

माघ २९, काडमाडौँ | नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलमलमा परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् । 


स्याङजाका एक बिरामी रामेश्वर न्यौपाने भन्छन्, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ ताला बन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक वरिष्ठ उपरीक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक सङ्घले अझै आन्दोलन फिर्ता लिएको छैन ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक सङ्घका पदाधिकारी बिच वार्ता भने भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!