चार्जर बिना आईफोन बिक्री गरेको भन्दै एप्पललाई १९ मिलियन डलर जरिवाना

Posted on: 16 Oct, 2022

असोज ३०, काठमाडौँ | एप्पलले चार्जर बिना आईफोन बिक्री गरेको भन्दै ब्राजिलमा पनि १९ मिलियन डलर जरिवाना तिर्नु परेको छ । ब्राजिलसँगको अदालतमा मुद्दा हारेपछि एप्पलले ब्राजिलियन कन्ज्युमर एसोसियसनलाई सय मिलियन रियल अर्थात १९ मिलियन डलरको जरिवाना भुक्तानी गर्नुपर्ने भएको हो ।


ब्राजिलियन कन्ज्युमर एसोसियसनले साओ पाअलो स्टेट कोर्टमा एप्पल विरुद्ध मुद्दा उजुरी गरेको थियो । १९ मिलियन डलरको जरिवाना मात्रै नभएर अदालतले आईफोन १२ र १३ खरिद गर्ने सबै ग्राहकलाई चार्जर पनि प्रदान गर्नुपर्ने बताएको छ र नयाँ डिभाइस किन्नेहरुकालागि पनि चार्जर उपलब्ध हुनुपर्ने बताएको छ ।

एउटा प्रडक्ट चलाउन अर्काे खरिद गर्नुपरिरहेकाले उपभोक्ताहरुलाई समस्या भईरहेको अदालतको फैसला रहेको छ । सन् २०२० देखि एप्पलले चार्जर बिनानै आईफोनको बिक्री गर्दै आएको छ । वातावरणमा हुने हानीलाई कम गर्न एप्पलले चार्जर बिना आईफोन बेच्न थालेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!