डेंगु संक्रमण बढेसँगै बजारमा सिटामोलको माग उच्च

Posted on: 09 Sep, 2022

भदौ २४, काठमाडौँ | नेपालमा डेंगु ज्वरोको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ। औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक संघले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन्। सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्‍न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन्।

उच्च ज्वरो आउने, टाउको दुख्‍ने, आँखाको गेडी दुख्‍ने, जिउ पूरै दुख्‍ने, वान्ता हुने, खानमन नलाग्‍ने, पाखाला लाग्‍ने, घुँडाका जोर्नी दुख्‍ने, पिँडौलाको मासु दुख्‍ने आदि डेंगुका लक्षण हुन्।


ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ।

उच्च ज्वरो आउने, टाउको दुख्‍ने, आँखाको गेडी दुख्‍ने, जिउ पूरै दुख्‍ने, वान्ता हुने, खानमन नलाग्‍ने, पाखाला लाग्‍ने, घुँडाका जोर्नी दुख्‍ने, पिँडौलाको मासु दुख्‍ने आदि डेंगुका लक्षण हुन्।

डेंगुका प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्‍ने गरेका छन्। यसले पनि सिटामोलको अभाव भएको बताइएको छ।  मन्त्रालयका प्रवक्ता डा. सञ्‍जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताए। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. श्रवणकुमार मण्डलले डेंगुका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानुपर्छ भने। धेरै नै ज्वरोका बिरामी बढेकाले सिटामोलका माग बढेर अभाव भएको हुनसक्ने उनको भनाइ छ।

उनले संकटको बेला औषधिको मूल्य बढाउनका लागि अभाव सिर्जना गर्न थालिएको हुनसक्ने बताए। उनले महामारीको बेला सिटामोलजस्तौ औषधिको अभाव हुन नदिने स्पष्ट पारे। उनले औषधि उत्पादक संघलाई बोलाएर तत्काल सिटामोल उत्पादन गर्न निर्देशन दिने बताए। 

५० लाख सिटामोल उत्पादन गर्दै

नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेंगुको संक्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताए।

उनकाअनुसार हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने जानकारी दिए। उनकाअनुसार  करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!