मुगु जिल्ला अस्पतालमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया!

Posted on: 04 Sep, 2022

भदौ १९, मुगु | कुनै बेला सिटामोलसमेत नपाइने जिल्ला अस्पताल–मुगुमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया भएको छ । गत शुक्रबार मात्रै सोरु गाउँपालिका–६ की ७० वर्षीया मोतीउ रोकायाको पाठेघरको सफल शल्यक्रिय भएको हो ।


जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमका अनुसार विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्य, चिकित्सक अर्जुन भाम, स्टाफ नर्स सूनिता वली र सिनियर अनमी रामदेवी केसीलगायतको टोलीले रोकायाले पाठेघरको सफल शल्यक्रिया गरेका हुन् ।

योसँगै जिल्ला अस्पतालमै पहिलो पटक पाठघरको सफल शल्यक्रिया सम्भव भएको छ । रोकायाका आफन्तहरुले गरिबीका कारण राम्रा र ठूला अस्पतालमा उपचार गराउन नसकेको बताउँदै भनेका छन्, ‘गाँउरमा सामान्य औषधोपचार गर्दा पाठेघरमा केही समस्या भइसकेको थियो । 

लामो समयसम्म विशेषज्ञविहीन मुगु जिल्ला अस्पतालमा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले केही दिनअघि मात्रै विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि क्रमिक रुपमा सुधार हुँदै गएको छ । अहिले सामान्यदेखि जटिल शल्यक्रियासमेत अस्पतालमै हुन थालेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!