खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

Posted on: 20 Aug, 2022

भदौ ४, काठमाडौं | काठमाडौं महानगरपालिकाले बल्खु स्थित खसी बजार हटाउन

निर्देशन दिएको छ । बिहिबार एक सूचना प्रकाशित गर्दै महानगरले बल्खु स्थित खसी बजार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो । 

खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले बताएको छ । 

खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ ।  निर्णयको अवज्ञा भएमा कानुन अनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!