नेपालमा थपिए ३३ कोरोना संक्रमित

Posted on: 04 Apr, 2022

चैत्र २१, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन गरी ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन ।
नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!