क्यान्सर, मिर्गौला र मेरुदण्ड पीडित बिरामीलाई सरकारले मासिक ५ हजार उपचार खर्च दिने

Posted on: 31 Mar, 2022

चैत १७, काठमाडौँ । सरकारले मिर्गौला र क्यान्सर पीडित बिरामीलाई औषधि उपचार खर्चवापत मासिक पाँच हजार रुपैयाँ प्रदान गर्ने भएको छ।

त्यसैगरी मेरुदण्ड पक्षघात भएका बिरामीलाई पनि औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

गम्भीर प्रकारका रोगको औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै बिरामीले मासिक रुपमा उपचार खर्च पाउन लागेका हुन्। 

मिर्गौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ सरकारबाट साहयोग प्राप्त गर्न लागेका हुन्।

यही चैत १३ गते बसकेको मन्त्रिपरिषद् बैठकले औषधि उपचार सम्बन्धी कार्यविधि स्वीकृत गरेको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले रकम उपलब्ध गराउनका लागि देशभरका ७ सय ५३ स्थाननय तहमा पत्राचारसमेत गरिसकेको छ। स्थानीय पालिकाले यस्ता बिरामीको लगत संकलन गरेपछि राहत वितरण सुरु गििरनेता छ। 

आगामी वैशाख देखि नै यस्ता बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने गरी तयारी सुरु गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।

सरकारले त्यस्ता बिरामीलाई दोहोरो सुविधा भने दिने छैन।

जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको वर्ग भत्ता, अपांग भत्ता पाउनेले भने यो सुविधा नपाउने मन्त्रालयले जनाएको छ। त्यस्ता बिरामीले सामाजिक सुरक्षा भत्ता वा उपचार खर्च मध्ये एक रोज्नुपर्ने अधिकारीले जानकारी दिए। त्यसैगरी एक भन्दा बढी रोग लागेकाहरुले पनि दोहारो भत्ता नयाउने मन्त्रालयले जनाएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!