बेलायतको नयाँ प्रविधिले २० सेकेन्डमै मुटुको रोग पत्ता लाग्ने

Posted on: 17 Mar, 2022

चैत ३, काठमाडौँ । बेलायतका वैज्ञानिकले एउटा यस्तो एआई प्रविधि विकास गरेका छन्, जसले २० सेकेन्डमै मानिसको मुटु रोग पत्ता लगाउन सक्छ । विज्ञका अनुसार मुटु रोग पत्ता लगाउन प्रयोग गरिने नयाँ एआई प्रविधि तीव्र गतिमा काम गर्नेछ ।

बिरामी स्क्यानरमा हुँदा २० सेकेन्डमै एमआरआई स्क्यान विश्लेषण गर्ने यो प्रविधिले तीव्र गतिमा धेरै सही परिणाम दिने दाबी गरिएको छ ।

यसअघि डाक्टरहरूले एमआरआई स्क्यान विश्लेषण गरेर करिब १३ मिनेट वा सोभन्दा बढी लाग्ने समयका अघि अहिलेको एआईको गति निकै तीव्र रहेको ब्रिटिश हार्ट फाउन्डेसन (बीएचएफ) ले गरेको खोजमा उल्लेख छ ।

बीएचएफका अनुसार यस प्रविधिले मानव मुटुको संरचना र त्यसका कार्यमा भएको परिवर्तनबारे डाक्टरको तुलनामा ४० प्रतिशत सही नतिजा दिन्छ ।

साथै यसले आवश्यक धेरै सूचना संकलन गर्ने पनि  उल्लेख गरिएको छ । हालसालै गरिएको एउटा खोजमा नयाँ एआईले विज्ञ डाक्टरको तुलनामा एमआरआई विश्लेषण धेरै नै सही सही गर्ने पाइएको हो ।

हालसालै आएको एआई  प्रविधि युनिभर्सिटी कलेज लण्डन हस्पिटल, बार्टस् हार्ट सेन्टर, रोयल फ्री हस्पिटल जस्ता विश्व परिचित मुटु अस्पतालमा प्रयोग भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!